२०८३ जेठ २७ , बुधबार

जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु



जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–५ लाउँतेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष ३२ की रेवती सिंह रहेकी छन् ।

आइतबार दिउँसो साढे तीन बजेको समयमा गोठालो गएको बेला चट्याङ लागेर सिँहको मृत्यु भएको वडा नम्बर ५ की वडा सचिव बिमला शाहीले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार