रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी स्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका ६ घर्तीकाँडा बस्ने रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज बुढाथोकी र ६ वर्षीय छोरी भावना बुढाथोकीको खोलाले बगाउँदा मृत्यु भएको हो ।
आइतबार अपराह्न ४ बजे दुवै जना दाजु बहिनीको आधारभूत विद्यालय घर्तीकाँडाबाट घर फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।
मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् । उनीहरूलाई खोलाले बगाएको सूचना पंश्चात स्थानीय र प्रहरीले खोजतलास गर्दा मनोजको लास १५० मिटर तल भेटिएको हो भने भावनाको लास ८०० मिटर तल भेटिएको हो ।
प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार