२०८३ जेठ २७ , बुधबार

बालेनले हटाए ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनि लेखेको स्ट्याटस



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन्। सोमबार बिहान फेसबुक र ट्वीटर दुवैमा उक्त स्टाटस देखिँदैन।

शनिबार बेलुका बालेनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उनले सिंहदरबार जलाउने कुरा गरेपछि उनको चौतर्फी आलोचना भएको थियो। उनकी श्रीमती सबिना काफ्ले मेडिसिटी अस्पतालमा एनआइसियुमा उपचाररत नवजात शिशुलाई दूध खुवाएर फर्कँदा ट्राफिक प्रहरीले सरकारी गाडी रोकेर सोधेको आक्रोशमा बालेनले सामाजिक सञ्जालमा सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए।

यो हेर्नुहोस् ।

सिंहदरबारमा आगो लगाइदिने बालेन शाहको धम्की

May be an image of 1 person and text

 

प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार