
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाका एक जना वडाध्यक्षले नेपाली क्रिकेट खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेका छन् । चौकुने गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धनीराम धमलालले सोमवार आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लैख्दै नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेका हुन् ।
उनले नेपालको राष्ट्रिय टिमले भारतीय क्रिकेट टिमलाई एसियाकप क्रिकेट प्रतियोगितामा पहिले ब्याटिङ गर्दै २३१ रनको चुनौतीपुर्ण लक्ष्य दिएको खुसियालिमा उक्त पुरस्कार दिने घोषण गरेको जानकारी दिए । वडाको युवा तथा खेलकुद् शीर्षकमा विनियोजन गरेको बजेट मध्ये पचास हजार रकम पुरस्कार दिने उनले बताएका छन् ।
प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार