सुर्खेत । वीरेन्द्रनगरमा बैंकिङ कसुर मुद्धा (चालु मुद्धा) का एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने वर्ष ३५ की पुनम कोहरी रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार