
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका विभिन्न वडामा हरितालिका तीजका अवसरमा विभिन्न वडाहरूमा तीज विशेष कार्यक्रमहरू सम्पन्न भएका छन् । गुर्भाकोट नगरपालिकाको वडा नं. ४, ११ र ८ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
तीज विशेष कार्यक्रममा एकल तथा समूहमा नृत्य प्रस्तुत गरिएको थियो भने ४ र ८ नम्बर वडामा नृत्य हेरेर पहिलो दोस्रो र तेस्रो छनोट गर्नको लागि जर्जको व्यवस्था गरिएको थियो । यता ११ नम्बरमा भने मौलिक तीज गीत तथा परम्परागत नाचलाई बचाई राख्नको लागि तीज विशेष कार्यक्रम आयोजना गरिएको ११ नम्बर वडा अध्यक्ष राजन बिसीले जानकारी दिए ।
बिहान करिब ११ बजेपछि सुरु भएका तिज विशेष कार्यक्रम साँझ ५ बजे सम्म सञ्चालन भएको थिए । ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग एवं तिज विशेष कार्यक्रम सञ्चालक समिति गुर्भाकोट ४ को आयोजनामा ४ नम्बर वडामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै ८ नम्बरमा वडा कार्यालयको आयोजना एवम् मेहलकुना पवित्र बजार टोल विकास संस्थाको सहआयोजनामा सिटिहलमा ८ नम्बर वडा कार्यालयको तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
यता ११ नम्बर वडाको तीज विशेष कार्यक्रम वडा कार्यालयको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले मौलिक तिज गीत र नृत्यलाई जोगाउनको लागि वडा कार्यालयको यो कदम प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरी मौलिक संस्कृति जोगाउन अग्रसर हुन् आग्रह गरेका थिए। कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको वडा कार्यालयले जानकारी दिएका छन् ।



प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार