
आशा विक रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले रुपान्तरण अभियान विशेष तरिकाले चलाएको छ । बाँफिकोट गाउँपालिकामा १० वटा वडा रहेका छन् । १० वटा वडाका विभिन्न गाउँ बस्तीमा नेकपा माओवादी केन्द्रका वडा इन्चार्जदेखि नेता कार्यकर्ताहरु जनताको घरघरमा पुगिरहेका छन् ।
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानअन्तर्गत उनीहरु जनताको समस्या बुझ्न टोल–टोलमा पुगेका हुन् । बाँफिकोट वडा नम्बर ४ मा पनि जनभेटघाट जारी रहेको छ । जनभेटघाटका क्रममा नेपाली कांग्रेस परित्याग गरी कृष्ण बहादुर गिरी माओवादी केन्द्रमा प्रवेश गरेको अभियानकी इन्चार्ज प्रेमा शाहीले बताइन् ।
यस्तै अभियानकै क्रममा वडा नं १० फेरा टोलमा कमला जैसीको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । त्यस्तै मयरी टोलमा गजेन्द्र कुमार बुढाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको वडा अध्यक्ष तथा अभियानका इन्चार्ज हरि चन्दले जानकारी दिए ।
वडा नम्बर ३ मा पनि जनभेटघाट चलिरहेको छ । वडा नम्बर ३ का जग्रा, खोयापधेरा, भाग्ले, सल्लेचवरलगायतका टोलमा जनभेटघाट गरिएको वडा नम्बर ३ का पार्टी अध्यक्ष बेगम ओलीले बताए ।