प्रदेश प्रमुख परियारद्वारा संविधान दिवसको शुभकामना

खबरदृष्टि सम्वाददाता ३ आश्विन २०८०, बुधबार ०९:२३

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली प्रदेशवासी लगायतसम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । बुधवार शुभकामना सन्देश जारी गर्दै नवौँ संविधान दिवसका अबसरमा कर्णाली प्रदेशवासी लगायतसम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेका हुन् ।

उनले यो दिवसले हामी सबैमा राष्ट्रियता, लोकतन्त्र, जनजीविकाका लागि सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको लागि राष्ट्रिय सङ्कल्प हासिल गर्न मन बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने आफूले विश्वास लिएको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन् ‘नेपालको इतिहासमा पहिलो पटक जनप्रतिनिधिले संविधानसभाबाट वि.स. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गरिएको  ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी लगायतसम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति प्रगति र समृद्धिका साथै राष्ट्रिय एकता ,अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले झन्डै सात दशक नेपाली जनताको एकता–सङ्घर्ष–त्याग बलिदानबाट सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता र गणतन्त्र प्राप्त चार उपलब्धिको रक्षा, व्यवहारमा प्रयोग गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढ्न अपरिहार्य भएको स्मरण गराएका छन् ।

देशमा विद्यमान जाति, आदिवासी, जनजाति, महिला, दलित, मधेसी, उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातीय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोस जागर र सद्भावना पलाओस् यस दिवसले यही सन्देश देओस् भन्ने कामना गर्दछु ।’ सन्देशमा उनले भनेका छन् ।

‘तीन तहका सरकारहरू सञ्चालनमा आए देखी जनताको घरदैलोमा सरकार सहजै पुग्न सफल भएको छ। संरचनाहरू संस्थागत र सुदृढ हुँदै गएका छन् । संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढिरहेको छ ।’

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सरकारले सञ्चालन गरेको भ्रष्ट्राचार उन्मुलन अभियानले सफलता हासिल गरोस् शुभकामना छ । यो दिवसले हामी सबैमा राष्ट्रियता, लोकतन्त्र, जनजीविकाका लागी सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको लागी राष्ट्रिय सङ्कल्प हासिल गर्न मन बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’

अन्तमा , लामो सङ्घर्ष, सशस्त्र जनयुद्ध ,शान्तिपूर्ण आन्दोलन र जातीय , क्षेत्रीय , लैङ्गिक ,दलित लगायतका  मुक्ति आन्दोलनमा सहभागी भई आफ्नो अमूल्य जीवन देश र जनताप्रति समर्पित गरी बलिदान दिने ज्ञात अज्ञात महान् शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

जेल जीवन बिताउने, बेपत्ता योद्धा ,घाइतेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । पुन: संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ सन्देशमा भनेका छन् ।

No description available.

Next Post

काँग्रेस बैसाखी बिना टिक्नै नसक्ने पार्टी भयो : यामलाल कँडेल

३ आश्विन २०८०, बुधबार ०९:२३
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले काँग्रेस बैसाखी बिना टिक्नै नसक्ने पार्टी भएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा कचहरी प्रेस क्लबले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सत्तामा भएको पार्टी जनता अलमल्याउनेतर्फ लागेको बताए । ’चुनाव सकिएको एक […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031