
सुर्खेत । संविधान दिवसको अवसरमा जिल्ला कारागार सुर्खेतबाट २१ कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका २१ जना कैदीलाई बुधवार रिहा गरिएको हो ।
असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका २१ कैदीबन्दीलाई रिहा गरिएको जिल्ला कारागार सुर्खेतका सुचना अधिकारी भुवन गौतमले खबरदृष्टिलाई जानकारी दिए ।
मुलुकी अपराध संहिता कार्यान्वयन हुनु अगाडिका मुद्दामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ । सोहीअनुसार ४० प्रतिशत र ५० प्रतिशत कैद भुक्तान गरेकालाई रिहा गरिएको उनले बताए ।
नकवजनी चोरी मुद्दाका ३, बहुविवाहका ८, कर्तव्य ज्यान मुद्दाका एक, डाँका चोरी मुद्दाका २, कुटपिट मुद्दाका ३, चोरी मुद्दाका एक, सवारी ज्यान उद्योगका एक र वन्यजन्तु मुद्दाका २ गरी कुल २१ कैदीबन्दीलाई रिहा गरिएको गौतमले ओझाले जानकारी दिए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली, २०७६ अनुसार उनीहरूको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ मा को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।