२०८३ जेठ २६ , मंगलबार

१० हजार युवालाई रोजगार बनाएरै छोड्छु : मुख्यमन्त्री शर्मा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १० हजार युवालाई रोजगार बनाउने योजना सफल बनाएरै छोड्ने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताए । कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती उनका भनाई छ । ‘हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो योजना हामीले सफल पारेरै छाड्ने छौँ’, मुख्यमन्त्री शर्माले भने ।

त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए । मुख्यमन्त्री शर्माले राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको उनले बताए । । उनले कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार