
दैलेख । संघीयता आएसँगै गाउँगाउँमा विकास आयो भनेर खुसी भएका दुर्गमका स्थानीय बासिन्दाहरू निर्माण कम्पनीले कामको जिम्मेवारी लिएर पुरा नगरिदिएपछि निराश बनेका छन् । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिका ४ र ५ का बासिन्दाहरू पक्की पुल बनेर सहजयात्रा होला भन्ने आशा गरेका थिए, निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीले पक्की पुल अलपत्र छोडेपछि जनताले उत्पादन गरेका बस्तुहरू समेत बिक्री गर्न पाएका छैनन् ।
पुल निर्माणमा ढिलाइ भएपनि दैलेखको दुर्गम महावु गाउँपालिकाको वडा नं. ५ काँशिकाँध र वडा नं. ४ कार्पिखोलाका बासिन्दाहरू बर्सातमा आवतजावतगर्न सक्दैनन् बिरामीपर्दा पनि तुरुन्तै उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउन सकेका छैनन् ।
विगतदुई वर्षदेखि प्रदेश सरकार अन्तरगतपूर्वाधार विकास कार्यालय दैलेखले ठेक्का मार्फत निर्माण सुरु गरेको पक्की पुल निर्माणको जिम्मेवारी लिएको स्वर्गद्वारी निर्माण सेवाले समयमै काम नगरेपछि किसानहरूले उत्पादन गरेको तरकारी समेत बिक्री हुन नसकेको महावु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर शाहीले बताए ।
बारम्बार भनेका छौँ हामीले भनेको ठेकेदारले सुनुवाइगर्दैन, साहीले गुनासो गरे । ३ करोड २५ लाख लागतमा निर्माण गर्नुपर्ने पक्की पुलको एउटा मात्र पिलर खडा गरिएको छ । अन्य कुनै पनि काम भएको छैन, पूर्वाधार विकास कार्यालयले समयमै काम सक्न भन्दै निर्माणको जिम्मा लिएका कुलबहादुर वलीलाई ६ पटक पत्र पठाइसकेको छ ।
अन्तिम पटक म्याद थपको तयारी गरिएको र अवपनिकामनगरे कालो सूचिमा राख्नको लागि सिफारिस गर्ने तयारी भएको पूर्वाधारका इन्जिनियर पारस डाँगीले जानकारी दिए ।विगत द्धन्द्धकालदेखि नै सास्ती भोगेका जनताहरू पक्की पुल बनेपछि सहज यात्रा गर्ने आसमा थिए त्यो पनि निराश भएको स्थानीय बासिन्दा एवम् पत्रकार नवीन रिजालले गुनासो गरेका छन् ।
यतीमात्र हैन महावु क्षेत्रमा सडकको काम प्रभावकारी छैन, स्वास्थ्य भवनपनि उस्तै हालतमा छ, पक्की पुलहरू बन्न सकेका छैनन्, निर्माण कम्पनीहरूले जनताको आवश्यकताको विषय महसुस नगरे जनता आन्दोलनमा उत्रने चेतावनी दिएको रिजालको भनाई छ ।
दुर्गमा गाउँमा बिजुली पु¥याउने भन्दै लगिएका बत्तीको पोलहरू बाटोमा लथालिङ्ग अवस्थामा छन् । निर्माण कम्पनीले भनेको समयमा काम नगरिदिएका कारण राज्यको करोडौँ विकासको रकमको सदुपयोग हुन सकेको छैन ।