सुर्खेत । रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आठविसकोट नगरपालिका-९ राडि बजारस्थित होटेल सत्कारमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको होे ।
पक्राउ पर्नेहरुमा आठविसकोट नगरपालिका–९ का बिद्यालय श्रोत विज्ञ थलबिर ओली विज्ञ थलविर ओली, साही नगरपालिका वडा नम्वर–१० का राम बहादुर शाह र स्यालाखदीका गोपाल बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक १ गते बुधबार