२०८३ जेठ २५ , सोमबार

सिद्धार्थ रोयल ठकुरी ‘बदमास’ का पाँच मुक्तक



सिद्धार्थ रोयल ठकुरी ‘बदमास’ शिवालय गाउँपालिका–५ थालारैकर जाजरकोट हाल वीरेन्द्रनगर सुर्खेत

मुक्तक–१
मजबुत छ हाम्रो दोस्ती नभुल्नु है साथी
हजारौं भिडमा छ गस्ती नभुल्नु है साथी
दुख सुखमा काम लाग्ने यही त हो मित्रता
कहिले हुन्छ झगडा मस्ती नभुल्नु है साथी ।।

मुक्तक–२
उसले गुलाफ रोज्यो जिन्दगी प्यारमा बित्यो
मैले युद्ध रोजे जिन्दगी तरबारमा ~~ बित्यो
लक्ष्य त मेरो एउटै थियो जो तिमीलाई पाउनु
त्यसले झुपडी रोज्यो जिन्दगी दरबारमा बित्यो ।।

मुक्तक–३
माया तिम्रो कस्तो कुन्नी बुझिन् नि मैले
हजार भिड्छ, जस्तो सुन्नी बुझिन् नि मैले ।।
सजाय हुने माया कस्तो अपराध गरे जस्तै !!
दोषी खुल्ला निर्दोष थुन्नी बुझिन् नि मैले ।।।।

मुक्तक–४
आस छैन कसैको नि आफै गर्नु छ
पराइ भए भाका पनि आफै गर्नु छ
जे छ ठिक छ खुसी दुःख यसै लेखियो !
घृणा लाग्छ सम्झिँदा नि आफै गर्नु छ ।।

मुक्तक–५
राजा एक्लै भौतारियो रानी गएपछि
मनमा पीडा झन् भरियो रानी गएपछि
बाँचा कसम गरेकै हो, उसले पनि मैले पनि
भाग्य त्यसै पच्छारियो रानी गएपछि ।।

प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार