२०८३ वैशाख ४ , शुक्रबार

३४औं राष्ट्रिय भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी पुस २० देखि २५ गतेसम्म सञ्चालन हुने ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताका लागि भलिबल खेलाडी छनोट गरिएको छ । मंसिर २१ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल खेलाडी छनोट प्रतियोगिताबाट छनोट समितिको सिफारिस अनुसार खेलाडी छनोट गरिएको हो ।

छनोट हुने खेलाडीहरुमा खुम बहादुर खत्री (सल्यान), सुरेन्द्र खत्री (रुकुमपश्चिम), प्रकाश विक (सुर्खेत), सुशील खत्री (जाजरकोट), शैलेन्द्र शाही (सुर्खेत), समिर रावत (सुर्खेत), जीवन कार्की (कालिकोट), जीवन कुमार शाही (दैलेख), अनिस शाही (सल्यान), भरत वि.क (सल्यान), दिल बहादुर शाही (कालिकोट), सलोन बस्नेत (दैलेख) र धिरेन्द्र विष्ट (सल्यान) रहेको कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

यस्तै वैकल्पिक खेलाडीका रुपमा याम बहादुर वि.क. (दैलेख) र कुलेन्द्र परियार (सुर्खेत) परेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८० मंसिर २४ गते आइतबार