सुर्खेत । एमालेकाे असन्तुष्ट समूहले गठन गरेको नेकपा एमाले चौकुने गाउँपालिका सचिवालय कमिटीको बैठक सम्पन्न भएको छ । कमिटीका अध्यक्ष यामलाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको बैठकले पालिकाका १० वटै वडामा कमिटीमा नयाँ कमिटी गठन गर्ने उद्देश्यले वडा संयोजकहरु तोकिएको छ।जसअन्तरगत वडा नम्बर १ मा देवबहादुर थापा ‘दिनेश’, वडा नम्बर २ मा घनश्याम वम, ३ मा गणेश राना मगर ,४ तुलाराम मर्स्याङी मगर, ५ मा हिरासिं थापा तोकिएको नेकपा एमाले ( बिद्रोही समूह) चौकुने पालिका कमिटीका सचिव रतनबहादुर चलाउनेले जानकारी दिए ।
यस्तै, वडा नम्बर ६ मा हरिकला विसी, ७ मा नवलसिं विक, ८ मा पर्शुराम बास्तोला, ९ मा कमल शाही र १० मा लालसिं विक ताेकिएको छ । यसैगरी, वैठकबाट यही पुस २ गतेदेखि २० गतेसम्म चौकुनेका १० वटै वडामा वडा अधिवेशनसमेत गर्ने निर्णय गरेकाे उनलेे जानकारी दिए। पुस ३ गते वडा नम्बर ५ बाट अधिवेशन सुरु हुनेछ भने वडा नम्बर ६ मा ४ गते, वडा नम्बर ७ मा ५ गते, वडा नम्बर ८ मा ६ गते अधिवेशन हुनेछ।
वडा नम्बर ९ मा पुष ८ गते, वडा नम्बर १० मा ९ गते अधिवेशन गरिने सचिव चलाउनेले जानकारी दिए । यसैगरी वडा नम्बर १ मा १२ गते, वडा नम्बर २ मा १३ गते वडा नम्बर ३ मा १४ र वडा नम्बर ४ मा पुष १५ गते अधिवेशन हुने सचिव चलाउनेले जानकारी दिए।