२०८३ जेठ १९ , मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट

गण्डकीले दियो कर्णालीलाई १४२ रनको लक्ष्य



कर्णाली। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा गण्डकीले कर्णालीलाई १४२ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १४१ रन बनाएको हो।

गण्डकीका लागि अन्जली विश्वकर्मा र ज्योतस्निका मरासैनीले अर्धशतकीय पारी खेले। अन्जलीले ४८ बलमा ८ चौका प्रहार गर्दै ५१ रन जोडिन्। ज्योतस्निकाले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाइन्।

कर्णालीको लागि भने यमुना थारु र अन्जु गुरुङले २–२ तथा रश्मी खड्काले १ विकेट लिइन्। यस्तै, कीर्तिपरमा जारी खेलमा बागमतीले कोशीलाई ८८ रनको लक्ष्य दियो।पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ८७ रन बनायो।

बागमतीको लागि यशोदा विस्टले ४१ र कप्तान अस्मिना कर्मचार्यले २४ रन बनाइन्। कोशीका लागि सवनम राई र अप्सरी बेगमले २–२ तथा संगीता राईले १ विकेट लिइन्।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार