२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन



कर्णाली । टक्क बहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री विश्वामित्र सन्जेलको प्रमुख आतिथ्यमा भएको प्रथम प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नवीन विक्रम शाहले बताए ।

कार्यसमितिको उपाध्यक्ष द्वयमा अनिल बुढा र गुमान सिंह बस्नेत, सचिव डिलबहादुर गौतम, कोषाध्यक्षमा भूपेन्द्र मल्ल रहेका छन् । यस्तै सदस्यहरूमा सुशील उपाध्याय, प्रमोद शाही, हरिलाल बुढा र कृषन शाही सर्वसम्मत चयन भएका छन् ।

नेपाल ब्याडमिन्टन संघले कर्णाली प्रदेश ब्याडमिन्टन संघका नवनियुक्त कार्यसमितिका सदस्यहरूलाई हार्दिक बधाईका साथ आगामी कार्यकालको सफलताको शुभकामना दिएका छ ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार