जाजरकोटी सिद्धार्थ रोयल ठकुरीको ‘आखिर किन दिल तोडेउ’ गीत सार्वजनिक (भिडियोसहित)

खबरदृष्टि सम्वाददाता ११ पुष २०८०, बुधबार १३:३५

सुर्खेत । गायक जीवन विसीको स्वर रहेको ‘आखिर किन दिल तोडेउ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘रानी म्युजिक सोलेशन’ युट्युब च्यानलमार्फत बुधवार सार्वजनिक गरिएको हो ।

गीतको शब्द जाजरकोटका सिद्धार्थ रोयल ठकुरीले कोरेका छन् भने गीतमा संगीत जीवन विसीको र विशाल निरौलाको एरेन्ज छ । भिडियाे सन्तोष शर्माले खिचेका हुन् भने भिडियोको सम्पादन विष्णु भट्टराईले गरेका हुन् ।

यो पनि हेर्नुहोस् – सिद्धार्थ रोयल ठकुरी ‘बदमास’ का पाँच मुक्तक

जीवन खड्काको कथा एवं निर्देशनमा तयार भिडियोमा श्याम घर्ति मगर, जीवन खड्का र गिया खड्काको अभिनय रहेको छ । उक्त गीतमा विसाल निरौलाको मिक्सिङ रहेको छ । भिडियाेमा माया प्रेममा धोका पाएको कुराहरु समेटिएको छ । सिद्धार्थ रोयल ठकुरीको यो पहिलो गीत हाे ।

‘यसमा मायाप्रेममा बिछोड भएको कुराहरु समेटिएको छ,’ शाहीले भने, ‘यो गीतले मायाप्रेममा बिछोड आमदर्शक श्रोतामा जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ । जाजरकोटकाे शिवालयमा हुर्केको मैले सानैदेखि गीत, गजल, मुक्तक र भावनाहरु लेख्ने गर्थे । साहित्यिक लेखनमा सानैदेखि हुटहुटी थियो ।’

भिडियो हेर्नुहोस्।

Next Post

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस कर्णालीबाट आकांक्षीहरुको लाइन !

११ पुष २०८०, बुधबार १३:३५
कुलेन्द्र शाही, सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लागि नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरुको लाइन नै लागेको छ । हाईप्रोफाइलदेखि मन्त्री समेत भइसकेका कांग्रेसका नेताहरु राष्ट्रिय सभामा जान चाहिरहेका छन् । राष्ट्रिय सभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको थियो । […]

सम्बन्धित समाचार

February 2024
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
26272829