२०८३ वैशाख १४ , सोमबार

लागूऔषधसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न ठाउँबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने २१ वर्षीय गौरव रावत, वीरेन्द्रनगर–६ बस्ने जीवन मर्साङ्गी, हुम्लाको चंखेली गाउँपालिका–६ का २३ वर्षीय सूर्य शाही, र वीरेन्द्रनगर नगरपालिका–५ बस्ने २६ वर्षीय सुवास खत्री रहेका छन् ।

प्रहरीले रावत र जीवन मर्साङ्गीलाई सोमबार वीरेन्द्रनगर–८ खजुरा वातावरण टोलबाट १ ग्राम १० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो भने हुम्लाका शाही र वीरेन्द्रनगर–५ का खत्रीलाई ३७० मिलिग्राम लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस १८ गते बुधबार