दुर्गेश थापामाथि जुत्ता प्रहार

खबरदृष्टि सम्वाददाता २८ माघ २०८०, आईतवार १६:३३

सुर्खेत । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राती गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो ।

आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ, सुरक्षाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालय, स्याङजा र इलाका प्रशासन कार्यालय वालिङको फितलो कमजोर सुरक्षा व्यवस्थापनका कारणले घटना घटेको पाइएको छ ।

गायक दुर्गेश थापाले घटनाबारे दुःख व्यक्त गर्दै घटनालाई सामान्य रुपमा हेरिदिन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङजाका निमित्त प्रवक्ता इन्सपेक्टर पवल सिं लामाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

Next Post

डोरी तान खेलबाट कर्णालीलाई चिनाउनका लागि निरन्तर लागिरहेको छु : अध्यक्ष खत्री 

२८ माघ २०८०, आईतवार १६:३३
सुर्खेत । राष्ट्रिय रेफ्री एवम् डोरी तान संघ सुर्खेतका अध्यक्ष बल बहादुर खत्रीले कर्णाली प्रदेशलाई डोरी तान खेलकुदबाट चिनाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । खबरदृष्टिसंग कुरा गर्दै उनले खेलाडीमा बढ्दो आकर्षण देखिएको हुँदा आफू यस खेलबाट कर्णालीलाई चिनाउनका लागि निरन्तर लागिरहेको बताएका हुन । ‘म मनबाटै रात दिन […]

सम्बन्धित समाचार

October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031