२०८३ वैशाख १७ , बिहीबार

मालपोत कार्यालय सुर्खेतमा आगलागी



सुर्खेत । सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७ स्थित मालपोत कार्यालयको जिन्सी (स्टोर) कोठामा शनिवार साँझ ५ बजेको समयमा आगलागी भएको हो।

आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर र पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनले एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको बताए । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुर्खेतको मालपोत कार्यालयमा आगलागी

 

प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार