२०८३ वैशाख १४ , सोमबार

लेक लागेर एक युवकको मृत्यु



सुर्खेत । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा लेक लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला पातारासी गाउँपालिका–३ का अन्दाजी २६ वर्षका सुर्ज रावतको रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

यार्सा टिप्न जाने क्रममा लेक लागेर अकस्मात बिरामी परेका रावतलाई आफन्तले पुलु स्वास्थ्य चौकीमा ल्याएका थिए । त्यहाँ सामान्य उपचारपछि जिल्ला अस्पताल ठिनीमा ल्याउँदै गर्दा रावतको रिउसबगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार