डोल्पा । डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । जाजरकाेटकाे बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।
शे-फोक्सुन्डो गाउँपालिका–५ दुलुङमा यार्सागुम्बा खोज्ने क्रममा देवेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले बताए ।
प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार