सल्यान । सल्यानमा १४ वर्षीया नाबालिकालाई जंगलमा पु¥याएर बलात्कार गरेको आरोपमा एक जना ट्रक चालक पक्राउ परेका छन् । सल्यानको वनगाड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन् ।
उनी वैशाख २६ गते पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए । डाँगीमाथि कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई वैशाख १० गते राति ११ बजे सामान ल्याइदिएको छु भन्दै ललाइफकाइ जंगलमा पु¥याइ बलात्कार गरेको ब्यहोरा इलाका प्रहरी कार्यालय लुहाममा पीडितले किटानी जाहेरी दिएकी छन् ।
त्रिवेणी गाउँपालिकाकी ती बालिकालाई ट्रक चालकले आउजाउ गर्ने क्रममा चिनजान भएको र सोही आधारमा भान्जी भन्ने गर्थे । ट्रक चालक विवाहित हुन् । जिल्ला अदालत सल्यानले घटना अनुसन्धान गर्न डाँगीलाई बिहीबार पहिलो पटक चार दिनको म्याद दिएको छ। डाँगी इलाका प्रहरी कार्यालय लुहामको प्रहरी हिरासतमा राखिएको छ ।