२०८२ फागुन १ , शुक्रबार

रारा कप कबड्डी प्रतियोगिताको दुबै उपाधि सुर्खेतलाई



सुर्खेत । कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारालालको किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय रारा कप खुल्ला महिला/पुरुष कबड्डी प्रतियोगिताको महिला/पुरुषको दुबैको प्रथम उपाधि सुर्खेत जितेका छ ।

शुक्रवार प्रथम उपाधि लागि फाइनल खेल खेल्दै पुरुषतर्फ दैलेखलाई हराउदै सुर्खेतले प्रथम उपाधि हात पारेको छ भने महिलातर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको हो । उक्त फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ मात्र बनाइ उप बिजेता भयो।

त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्त गरी उप बिजेता भएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिए। नक आउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएको आयोजक समितिले बताएको छ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिम तर्फ हुम्ला बाहेक ९ जिल्लाको सहभागिता रहेको थियो महिला टिम तर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता थियो ।

बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो । शुक्रवार समापन भएको उक्त प्रतियोगितामा निबर्तमान प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार