२०८३ वैशाख १६ , बुधबार

सुर्खेतको रातानाङ्गला नजिकै जीप दुर्घटना : दुई जनाको मृत्यु



सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको छ । सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बाेलेराे जीप बिहीवार विहान ३:५५ बजेको समयमा दुर्घटनामा परेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक हवलदार तिलक सिंहले खबरदृष्टिलाई जानकारी दिए । ‘दुई जनाको लास रुखमा अड्किएको छ, दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएको छ ।’ उनले भने, ‘हाम्रो टोली घटनास्थलमा गएको छ, सबै कुरा अहिले नै खुलेको छैन ।’

उनकाअनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेकाे छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेठ १७ गते बिहीबार