२०८३ वैशाख १४ , सोमबार

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना



सुर्खेत । आज कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार लुम्बिनी प्रदेशको एक–दुई ठाउँमा हावा हुरीको सम्भावना रहेको छ ।

राति कोशी, मधेश र गण्डकी प्रदेशको थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : २०८१ जेठ २१ गते सोमबार