२०८३ वैशाख १२ , शनिबार

साउन १ गते कर्णालीमा सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिन कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठक निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव लिलाप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतबार