
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–२ स्थित जनज्ञान भण्डार माध्यमिक विद्यालय कोटखोलामा वृक्षारोपण गरिएको छ । ‘एक अभिभावक एक वृक्ष’ भन्ने मूल नारासहित गंगामाला मिडिया प्रालिले विद्यालयमा आज एक कार्यक्रमको अवसर पारेर वृक्षारोपण गरेको हो ।
विद्यालय परिसरमा करिब ५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको गंगामाला मिडिया प्रालिका प्रबन्धक हुमबहादुर कार्कीले जानकारी दिए । उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, विद्यार्थीहरूको सहभागितामा पारिजात, असोका, गुलमोहर, कपुर, कागती, भाइरल फुल, अमलालगायतका ५० प्रजातिका बिरुवाहरू रोपेको बताए ।
विद्यालय वरिपरिको वातावरण स्वच्छ र हराभरा बनाउन बिरुवाहरू रोपेको उनको भनाई छ । भावी सन्ततिलाई प्रकृति प्रेम सिकाउन र वातावरणको संरक्षणका लागि विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन विद्यालयमा वृक्षारोपण गरिएको उनले बताए ।