सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् । बिहीवार दिउँसो तीन बजेको समयमा बारेकोट गाउँपालिका–३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा गाईवस्त चराउन गएको बेलामा स्याली खोलाले बगाउँदा बेपत्ता भएका थिए ।
तर उनी अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ‘निरन्तर बारेकोटमा पानी परिरहेको छ । त्यसले गर्दा खोजिकार्यमा केही समस्या भएको छ ।’ जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले खबरदृष्टिसँग भने ।’ तर पनि हामीले खोजिकार्य जारी राखेका छौँ ।’
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार