२०८३ वैशाख १२ , शनिबार

इसानका सात वटा मुख्य कार्यक्रम हुने



सुर्खेत । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान) ले यो आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । स्थापना भएको केही महिनामै कर्णाली प्रदेशको सुर्खेतमा ई–स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको इसानले आफ्नो वार्षिक कार्यक्रममा ग्रासरुट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागितालाई समावेश गरेको छ ।

संघले यो वर्ष ७ वटा मुख्य कार्यक्रमलाई आफ्नो क्यालेन्डरमा समावेश गरेको छ ।
नीजि क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला, प्रदेशस्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरू क्यालेन्डरमा नराखिएको संघको भनाइ छ ।

गत वर्ष चीनमा भएको एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, इफुटबल लगायतलाई घरेलु प्रतियोगितामा प्राथमिकतामा राखिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने संघको योजना छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार