
फाइल तस्बिर
सुर्खेत । वीरेन्द्रनगरमा वर्षातको कारण घर भत्किँदा एक बालिका घाइते भएकी छन् । शुक्रवार (आज) दिउँसो पौने ४ बजेको समयमा वीरेन्द्रनगर–१३ करेखोला बस्ने खम्म बुढाको ढुङगा माटोले बनेको चारकोठे कच्ची घर भत्किँएको थियो ।
घर भत्किँदा खम्मकी १५ वर्षीया छोरी शुशिला बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बालिकालाई उद्दार गरी प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाइएको प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रबार