
३० वर्षीय दीपक ओली
सुर्खेत । अमेरिकाको टेक्सस शहरमा एक नेपाली युवाको गोली हानेर हत्या भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० सेजे घर भई एक वर्ष अघि अमेरिका पुगेका ३० वर्षीय दीपक ओलीको हत्या भएको हो ।
टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत ३० वर्षीय ओलीलाई लुटेराले गोली हानेर हत्या गरेको खबर उनका आफन्जनलाई गराईएको छ ।
अमेरिकी समय अनुसार आइतवार बिहान अन्दाजी ५ बजेको समयमा ओली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।
गत वर्षमात्र अमेरिका पुगेका ओलीका बाँफिकोटस्थित घरमा ५ वर्र्षीया छोरी, श्रीमती र आमाबुवा छन् ।
प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार