२०८३ वैशाख १२ , शनिबार

जाजरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो



सुर्खेत । जाजरकोटमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनाका मृतकको संख्या दुई पुगेको छ । घाइते भई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएका भेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको गएराति १०ः३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मङ्गलवार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा जीप चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

जाजरकोट प्रहरीका अनुसार घाइते हुनेहरूमा भेरी नगरपालिका–६ का २८ वर्षीय सपना विक, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीय दुर्गा पुन, १९ वर्षीय बिन्दु शाही, ५५ वर्षीय मोती लुहार, १७ वर्षीय सिता पुन, २१ वर्षीय धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री रहेका छन् ।

यस्तै २८ वर्षीय भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, ३६ वर्षीय कल्पना खत्री, ३३ वर्षीय अस्मिता खत्री, ३१ वर्षी पार्वती उपाध्याय र ४० वर्षीय हिरा सार्की रहेकी छिन् । उनीहरुको अहिले पनि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

जाजरकोटमा बोलेरो जिप दुर्घटना, १४ जना घाइते

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार