
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । बुधवार साँझ ५ः४५ बजेको समयमा वीरेन्द्रनगर–१० स्थित दैलेख रोड चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका हुन् ।
वीरेन्द्रनगर बसपार्कबाट एयरपोर्टचोक जाँदै गरेको भे १ ह २९८८ नम्बरको अटो र वीरेन्द्रनगर कालिञ्चोकबाट दैलेखरोड चोकतर्फ आउँदै गरेको भे १प ६४०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा अटो सवार दुईजना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाइतहरुको भरोसा फार्मसीमा उपचार भइरहेको छ । दुर्घटनाबाट अटो पूर्ण रूपमा र मोटरसाइकल आंशिक रूपमा क्षति पुगेको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भदौ ५ गते बुधबार