२०८३ वैशाख १६ , बुधबार

वीरेन्द्रनगरमा लागुऔषधसहित एक युवक पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरिएको छ। बुधवार राति १०:४५ बजे वीरेन्द्रनगर-४ मा गस्ती गर्ने क्रममा २३ वर्षीय रोहन सुनारलाई पक्राउ गरिएको हो।

कर्णाली प्रदेशको ०२००१ ह ०७११ नम्बरको अटो रोकी चेकजाँच गर्दा उनी शंकास्पद अवस्थामा भेटिएका थिए। उनकाे शरीर खानतलासी गर्दा ८० मिलिग्राम लागुऔषध जस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका सुनारलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार