२०८३ वैशाख १६ , बुधबार

संविधान दिवस : शिवालय ५ मा दीप प्रज्वलन



सुर्खेत । शिवालय गाउँपालिका–५ थालारैकरमा संविधान दिवसको अवसरमा विशेष रूपमा दीप प्रज्वलन गरिएको छ । साँझको समयमा वडा कार्यालयको आँगनमा आयोजना गरिएको कार्यक्रममा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, शिक्षक, युवा, नेपाल प्रहरी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमले संविधानको महत्त्व र यसको संरक्षणमा सबैको योगदानको आवश्यकता औँल्याएको छ । स्थानीय समुदायका व्यक्तिहरूको एकत्रित उपस्थिति र उत्साहले संविधान दिवसको महत्वलाई अझ उजागर गरेको शिवालय गाउँपालिका–५ का वडा सचिव केशर बहादुर शाहीले बताए ।

दीप प्रज्वलनले संविधानको उज्यालो भविष्यको प्रतीकका रूपमा कार्य गरेको उनको भनाइ छ । यस अवसरमा, सहभागीहरूले संविधानका मूल्य र सिद्धान्तहरूको सम्मान गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्नका लागि प्रतिबद्धता जनाएका छन् । कार्यक्रमले स्थानीय नेतृत्व र सामुदायिक भागीदारको महत्वलाई पनि दर्साएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार