२०८३ वैशाख १० , बिहीबार

दीपक स्मृति तिहार मेलामा विभिन्न खेलकुद प्रतियोगिता



फाइल तस्बिर

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ५ थापा गाउँमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । १८ औँ दीपक स्मृति तिहार मेलाको अवसरमा भलिबल, घैटाफोर लगायतका प्रतियोगिताहरू आयोजना गरिएको हो ।

मेलामा खेलकुद प्रतियोगिताका साथै विभिन्न स्थानीय झाँकी र सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष यमराज थापाले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले ५० हजार १ सय ११ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै द्धितिय स्थान हासिल गर्ने समूहले ३५ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने समूहले २० हजार १ सय ११ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले बताए ।

यस्तै महिला भलिबल तर्फ प्रथम स्थान हासिल गर्ने समूहले २५ हजार १ सय ११ रुपैयाँ द्धितिय हुने समूहले १८ हजार १ सय ११ र तृतीय हुने समूहले ११ हजार १ सय ११ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगिता कार्तिक २० गते बिहान ८ बजेदेखि सुरु हुने छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार