
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा उनको बयान र थुनछेक हुने अदालत स्रोतले जनाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने आज बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् । सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार