२०८३ वैशाख १९ , शनिबार

हृदयाघातबाट कार्यालय प्रमुख राजु भुजको निधन



सुर्खेत । कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजको निधन भएको छ । कार्यालयमा काम गरिरहेको समयमा उनलाई हृदयघात भएको थियो । भुजको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनको उपचारको क्रममा आइतवार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए । जिल्ला अस्पताल दैलेखका डा. अभिषेक झाले अस्पतालमा भएका स्रोत साधन प्रयोग गरिए पनि बचाउँन नसकिएको बताए ।

भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा योजना महाशाखामा कार्यरत भुज गत भदौ २१ गते कार्यालय प्रमुखका रुपमा हाजिर भएका थिए ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार