२०८३ वैशाख १९ , शनिबार

श्रीमती निकितासहित रवि रुपन्देहीमा, आज अदालतमा उपस्थित हुने



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुप्रिम सहकारीको रकम अपचलनमा बयान दिन आज (बुधबार) रुपन्देही अदालतमा उपस्थित हुने भएका छन् । त्यसको लागि उनी मंगलबार साँझ भैरहवा आइसकेका छन् ।

श्रीमती निकिता पौडेल लामिछानेका साथ उनी मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने आफैं अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछानेविरुद्ध आइतबार रुपन्देही अदालतमा दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहित गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्वडीआइजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र जितेन्द्रबाबु राई (जीबी) सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने अदालतमा हाजिर भएपछि उनको बयान हुनेछ र त्यसपछि थुनछेक बहस शुरू हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार