२०८३ वैशाख ९ , बुधबार

सल्यानमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु



सुर्खेत । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ का २६ वर्षीय गोपाल डाँगी रहेको छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार डाँगी गएराति रा ७ प ४५५८ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए ।

उनी दार्मा गाउँपालिका–४ मौलाहाले क्षेत्रमा दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए । घाइते डाँगीलाई तत्काल जिल्ला अस्पताल सल्यान ल्याइए पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

डाँगीको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ र पोस्टमार्टमपछि आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार