सुर्खेत । डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ७५ वर्षीया बादी सार्कीको मृत्यु भएको हो ।
वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको मृत्यु भएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिए ।
उनकाअनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर समेत पूर्णरूपमा क्षति भएको छ । मृतक सार्कीका छोरी र ज्वाइँ खेतमा गएका बेला घरमा आगलागी भएको थियो ।
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार