सुर्खेत । सल्यानमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–३ बाँझठाना घर भएका २५ वर्षीया काले पाण्डे रहेका छन् । उनको बुधवार दिउँसो एक बजेतिर दार्मा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
खोलामा कपडा धुन गएको बेलामा खोलामा लड्दा पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । उनका अनुसार मृतक पाण्डे मानसिक छारे रोग रहेको भन्ने बुझिएको छ ।
निरीक्षक बस्नेतले घटनास्थलमा अहिले प्रहरी पुगेर मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तैयारी भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार