२०८३ वैशाख ८ , मंगलबार

भेरीगंगा ९ का वडा अध्यक्ष आग्रीको निधन



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति अन्दाजी ५७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।​​

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । पारिवारिक स्रोतका अनुसार उनको मिर्गौलामा पनि समस्या थियो ।​​ आग्री नेपाली कांग्रेसबाट ८ सय ५७ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार