२०८३ वैशाख ८ , मंगलबार

हेलमेटमा लुकाएको ब्राउन सुगरसहित वीरेन्द्रनगरका २ युवक पक्राउ



सुर्खेत । बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२का २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ वर्षीय रामचन्द्र थापा रहेका छन् ।

छिमेकी देश भारतबाट नेपालतर्फ लागुऔषध बोकेर फर्किरहेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी प्रहरी चौकी कालिकाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोष्ट भन्दा केही उत्तर पश्चिमको गहुँबारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता ऋषिराम घर्ती मगरले जानकारी दिए ।

खानतलासी गर्दा मोटरसाइकलको हेलमेटभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ५ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले पक्राउ परेका दुबै युवकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार