
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाले भोलि (बुधवार) शोक बिदा दिएको छ । नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालका अनुसार वडा नम्बर ९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधनमा नगरपालिकाले बुधवार शोक बिदा दिएको हो ।
नगरप्रमुख ढकालले बुधवार नगरपालिका, वडा कार्यालयहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा लागू हुनेगरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए । नेपाली काँग्रेस भेरीगंगा–९ का सभापति समेत रहेका आग्रीको आइतबार मध्यराति अन्दाजी ५८ वर्षको उमेरमा भारतको महाराष्ट्रमा उपचारका क्रममा निधन भएको थियो ।
उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट ८ सय ५७ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार