२०८३ वैशाख ८ , मंगलबार

कर्णाली सरकारका प्रवक्ता शाह अस्पताल भर्ना



सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाह अस्पताल भर्ना भएका छन् । सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाह स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार साँझ काठमाडौँमा अस्पताल भर्ना भएका हुन् ।

मन्त्री शाहलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । शाहलाई मुटुसम्बन्धी समस्या देखिएपछि उपचार थालिएको हो ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार