
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरे नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको हो ।
वीरेन्द्रनगर बजार भित्रका सडकमा ठुलठुला खाल्डा परेपछि सम्भावित हुनसक्ने सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले खाल्डाखुल्डी पुर्न थालेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक वकिल सुनारले खबरदृष्टिलाई जानकारी दिए ।
उनले वीरेन्द्रनगरका मुख्य चोकहरुका सडकमा परेका खाल्डाखुल्डी पुर्न थालेकाे जानकारी दिए । ‘बजारका धेरै ठाउँमा खाल्डाखुल्डी छ । उनले भने, त्यसले आवागमन र सवारी दुर्घटना हुने हुँदा हामी आफै सडक मर्मतमा लाग्यौ ।’
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार