२०८३ वैशाख ८ , मंगलबार

विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्छ : मन्त्री भण्डारी



सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्न शिक्षा योजना मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । आइतबार कर्णाली प्रदेशको शिक्षा योजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उनले शिक्षा र आर्थिक विकासलाई सँगै लैजानुपर्ने बताए ।

यसका लागि स्थानीय पाठ्यक्रममा उत्पादनको विषय जोड्नुपर्ने र व्यवसायीकरण गर्नुपर्ने सुझाव राखे । मन्त्री भण्डारीले प्रदेश योजना बनाउँदा पालिकाको शिक्षा योजना पृष्ठपोषणका रूपमा लिन सकिने बताए ।

योजना बनाउने तर उपयोग नहुने कारणले जनतामा वितृष्णा जागेको बताउँदै योजना निर्माण गर्दा विज्ञको सहभागिता अनुरुप कार्यान्वयन गर्ने निकायका कर्मचारी ध्यानपूर्वक सहभागी हुन आवश्यक रहेको उनले टिप्पणी गरे ।

प्रकाशित मिति : २०८१ फागुन २५ गते आइतबार